मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार १४ भाद्र २०८३, आइतबार

रसुवा बाढीपीडितका लागि यूएईले १ करोड डलर सहयोग गर्ने

Nepal Akhbar
उद्धार तथा राहतका लागि आवश्यक सामग्री उपलब्ध गराउन यूएई एड तयार, अस्थायी पुलदेखि स्याटेलाइट फोनसम्मको आवश्यकता पहिचान

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ।

यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको प्राधिकरणले जानकारी दिएको छ।

भेटका क्रममा यूएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा उपकरणबारे प्राधिकरणसँग जानकारी लिएको थियो।

प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीका अनुसार बाढी प्रभावित क्षेत्रमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ सामग्री, हाइजिन सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन तथा वाकीटकी आवश्यक रहेको जानकारी यूएईको टोलीलाई गराइएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताबारे जानकारी गराएपछि यूएईको टोलीले सोहीअनुसार सहयोग गर्न तयार रहेको जनाएको कार्यकारी प्रमुख उप्रेतीले बताए।

भेटमा यूएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायत सहभागी थिए।

नेपाल र यूएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा यूएईको प्रस्तावित सहयोगले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार