मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

भोटेकोशी बाढीपछि ६२२ पर्यटक अझै सम्पर्कविहीन, १२१ जनाको उद्धार

Nepal Akhbar
नेपाल, भारतसहित विभिन्न देशका पर्यटक प्रभावित; खोज तथा उद्धार कार्य तीव्र

काठमाडौं —

रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि सम्पर्कविहीन भएका ७४३ पर्यटकमध्ये हालसम्म १२१ जनाको उद्धार गरिएको छ। अझै ६२२ जना पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड तथा कैलाश मानसरोवर गएका ६२२ पर्यटक अझै सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीन पर्यटकमध्ये नेपालका १४९, भारतका ९८, अमेरिकाका ६५, युक्रेनका ६१, मलेसियाका ५१ र चीनका ८ जना रहेका छन्। त्यस्तै, अष्ट्रेलिया, बेलायत, क्यानडा, लाटभियालगायत विभिन्न ३६ देशका पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

यसैगरी, उद्धार गरिएका पर्यटकमध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, अमेरिका, रुस र इटालीका २/२ तथा बेल्जियम, पोर्चुगल, स्पेन, बुल्गेरिया र स्वीजरल्यान्डका १/१ जना रहेको पर्यटन बोर्डले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

घाइते तथा विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक समन्वय र उद्धार प्रयास भइरहेको बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा उनीहरूका परिवारलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ।

बोर्डले पर्यटकसम्बन्धी जानकारी वा सहयोग आवश्यक परे टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार