मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार २४ असोज २०८३, शनिबार

पक्राउ परेकालाई २४ घण्टाभित्र रिहा गर्न सोनम वाङ्चुकको माग

Nepal Akhbar
पक्राउ परेकालाई २४ घण्टाभित्र रिहा गर्न सोनम वाङ्चुकको माग

नयाँदिल्ली। भारतीय शिक्षा तथा पर्यावरण अभियन्ता सोनम वाङ्चुकले हिरासतमा लिइएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न भारत सरकारसँग माग गरेका छन्। शनिबार इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै उनले पक्राउ परेकाहरूलाई २४ घण्टाभित्र रिहा नगरिए शान्तिपूर्ण प्रदर्शन गर्ने चेतावनी दिएका हुन्।

वाङ्चुकले आफू केही समयअघि फर्किएपछि दिल्लीमा धेरै जनालाई पक्राउ गरिएको थाहा पाएको भिडियोमा बताएका छन्। पक्राउ पर्नेमा विद्यार्थी नेता, युवा नेता, वकिल, पत्रकार र सांसदसमेत रहेको उनको भनाइ छ।

उनले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने अपेक्षा गरेको भए पनि पछिल्लो घटनाक्रमले देशमा अघोषित आपत्काल लागू भएजस्तो अनुभूति हुन थालेको टिप्पणी गरेका छन्।

वाङ्चुकले सरकारले २४ घण्टाभित्र पक्राउ परेकाहरूलाई रिहा नगरे आफू विरोध प्रदर्शनमा उत्रिन बाध्य हुने बताएका छन्। उनले धर्ना, अनशन वा पदयात्रामार्फत विरोध गर्न सक्ने र त्यसका लागि दिल्ली वा लेहमध्ये कुनै पनि स्थान रोज्न सकिने बताएका छन्।

नयाँदिल्लीमा भारतीय मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले शनिबारदेखि प्रदर्शन आह्वान गरेको छ। उक्त प्रदर्शन रोक्ने क्रममा भारत सरकारले व्यापक धरपकड सुरु गरेको भन्ने विवरणका बीच वाङ्चुकको प्रतिक्रिया सार्वजनिक भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार