मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २ असोज २०८३, शुक्रबार

महोत्तरीमा प्रेम सम्बन्धको आशंकामा युवकको हत्या, शव ९ टुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाएको आरोप

Nepal Akhbar
प्रेम सम्बन्धको विषयमा विवादपछि हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, चार जना पक्राउ

महोत्तरीमा प्रेम सम्बन्धको आशंकामा युवकको हत्या, शव ९ टुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाएको आरोप

जनकपुरधाम । महोत्तरीमा प्रेम सम्बन्धको विषयलाई लिएर एक युवकको हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाएको आरोपमा चार जना पक्राउ परेका छन्। घटनामा महोत्तरीको भंगहा नगरपालिका–६ का २४ वर्षीय विवेक सरदारको हत्या भएको हो।

गत भदौ २६ गते बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीमा टुक्राटुक्रा अवस्थामा शव फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त शव विवेक सरदारको रहेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी इन्स्पेक्टर विश्वम्भरनाथ साहका अनुसार विवेक र अशोक ठाकुरकी बुहारी सोनुकुमारी ठाकुरबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि परिवारले योजनाबद्ध रूपमा विवेकलाई घरमा बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार सोनुकुमारीका श्रीमान् जितेन्द्र ठाकुर वैदेशिक रोजगारीमा थिए। श्रीमती र विवेकबीचको सम्बन्धबारे परिवारले जानकारी पाएपछि जितेन्द्रलाई गोप्य रूपमा नेपाल बोलाइएको थियो। नेपाल आएपछि योजनाअनुसार विवेकलाई फोन गरी घरमा बोलाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटनामा संलग्न रहेको आरोपमा बलवा नगरपालिका–७ का अशोककुमार ठाकुर, उनकी ५० वर्षीया श्रीमती रामकलीदेवी ठाकुर, बुहारी तथा जितेन्द्रकी २२ वर्षीया श्रीमती सोनुकुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई प्रहरीले पक्राउ गरेको छ। जितेन्द्र भने फरार रहेको प्रहरीले जनाएको छ।

यसरी खुलेको थियो घटना

विवेक भदौ १४ गते साँझ आफ्नी दिदीलाई जलेश्वर नगरपालिका–११ पिगौस्थित घर पुर्‍याउन मोटरसाइकलमा गएका थिए। त्यहीँ रात बिताएका उनी भोलिपल्ट बिहान करिब साढे ११ बजे घर फर्किएका थिए।

तर घर नआएपछि परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजीका लागि निवेदन दिएको थियो। त्यसपछि प्रहरीले विवेकको खोजी सुरु गरेको थियो।

प्रहरीले वडा कार्यालयको सीसीटीभी फुटेज, मोबाइल लोकेसन विश्लेषण तथा अन्य प्राविधिक अनुसन्धानका आधारमा खोजी अघि बढाएको थियो। अनुसन्धानका क्रममा विवेक हराएको स्थान र आसपासमै हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको थियो।

शंकाका आधारमा प्रहरीले अशोक ठाकुरसँग सोधपुछ सुरु गरेको थियो। सुरुमा उनले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका थिए। अनुसन्धानका क्रममा भने उनका छोरा जितेन्द्र विदेशबाट नेपाल आएको कुरा परिवारले लुकाएको पाइएको प्रहरीले जनाएको छ।

भदौ २६ गते अशोकको घरमा खानतलासी गर्दा नयाँ सामान तथा शौचालयको सेफ्टी ट्यांकीको एक भागमा नयाँ प्लास्टर गरिएको देखिएपछि प्रहरीलाई थप शंका लागेको थियो।

प्रहरीले प्लास्टर फुटाएर खोजी गर्दा शवका टुक्रा फेला पारेको थियो। त्यसपछि अशोकले घटनाबारे स्वीकार गरेको प्रहरीको भनाइ छ।

घाँटी थिचेर हत्या गरेको बयान

प्रहरीका अनुसार पक्राउ परेकाहरूले भदौ १५ गते सोनुलाई विवेकलाई फोन गरेर घरमा बोलाउन लगाएको बयान दिएका छन्। मध्याह्न करिब १२ बजे घर पुगेका विवेकलाई बुबा–छोराले मिलेर घाँटी थिची हत्या गरेको र त्यसपछि दाउ प्रयोग गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाएको बयान उनीहरूले दिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएको दाउसमेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार शवको घाँटी, दुवै हात र दुवै खुट्टा काटिएको तथा तिघ्रादेखि खुट्टासम्मको भागलाई समेत टुक्रा पारिएको थियो।

विवेकको मोटरसाइकल भने अझै फेला परेको छैन। श्रीमतीको विवेकसँग सम्बन्ध रहेको थाहा पाएपछि जितेन्द्रले विदेशबाटै हत्या गर्ने योजना बनाएर नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। विवेकको गत फागुनमा विवाह भएको थियो भने सोनुकुमारीका दुई सन्तान रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार