मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

मुख्यमन्त्री कार्कीले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिए

Nepal Akhbar
कोशी प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्दै सामाजिक सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती (मोहम्मद जयन्ती) को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन्।
शुभकामना सन्देशमा उनले मोहम्मद जयन्तीजस्ता पवित्र अवसरहरूले समाज रूपान्तरण, शान्ति, मानवता, करुणा, समानता र सामाजिक न्यायका लागि हाम्रा अग्रजहरूले दिएको योगदान तथा सन्देशलाई स्मरण गराउने उल्लेख गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले समाजमा धार्मिक अगुवाहरूको योगदान र सामाजिक रूपान्तरणका लागि उनीहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

धार्मिक सहिष्णुता कायम गर्दै समुन्नत र समृद्ध समाज निर्माणका लागि आपसी प्रेम, भाइचारा, सद्भाव, सहिष्णुता र सहकार्यको भावना अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार स्थापना कालदेखि नै प्रदेशभित्र रहेका सबै जातजाति, धर्म, भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र संवर्द्धनका लागि क्रियाशील रहेको बताएका छन्।
प्रदेशमा रहेका विभिन्न धर्म, जातजाति, भाषा, संस्कृति तथा समुदायबीचको एकता, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउँदै समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
मौलिक पर्व तथा संस्कृतिले समाजमा आपसी सम्मान र सद्भाव बढाउन तथा सामाजिक एकतालाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै मुख्यमन्त्री कार्कीले विविध मौलिक परम्परा, संस्कृति र पर्वहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै अघि बढ्नु सबैको दायित्व भएको बताएका छन्।
अन्त्यमा उनले मोहम्मद जयन्तीको अवसरले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, भाइचारा, एकता र मेलमिलापलाई अझ सुदृढ बनाउने अपेक्षा गर्दै पुनः शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार