मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १७ असोज २०८३, शनिबार

मधेशमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

Nepal Akhbar
करेन्ट लागेर ३९ र पानीमा डुबेर २९ जनाको मृत्यु, २ करोड ९२ लाखभन्दा बढीको भौतिक क्षति

जनकपुरधाम– मधेश प्रदेशमा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा ४५९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन् ।

दुई महिनाको अवधिमा आगलागी, बाढी, डुबान, चट्याङ, करेन्ट लाग्ने, पानीमा डुब्ने तथा जङ्गली जनावरको आक्रमणलगायतका घटना भएका प्रहरीले जनाएको छ । विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुई महिनामा करेन्ट लागेर मात्रै ३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, पानीमा डुबेर २९ जनाले ज्यान गुमाएका छन् । जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङबाट तीन जना र आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ ।

विपद्का घटनामा बालबालिकासमेत उल्लेख्य रूपमा प्रभावित भएका छन् । विशेषगरी बाढी, डुबान तथा पानीमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिका पर्ने गरेको प्रहरीको भनाइ छ ।

वर्षायाममा मधेशमा बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ । खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी र अन्य जलाशयमा डुबेर मानिसको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्याङ्कअनुसार दुई महिनामा आगलागीका मात्रै ११२ घटना भएका छन् । त्यस्तै, करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएका छन् ।

आगलागी र करेन्टसँग सम्बन्धित घटनाको सङ्ख्या उल्लेख्य रहेकाले मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना आवश्यक रहेको एसएसपी ढकालले बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार ४५९ विपद्का घटनाबाट कुल २ करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । आगलागीका कारण मात्रै २१२ परिवारका घर जलेका छन् भने २ करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार