मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २० भाद्र २०८३, शनिबार

स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक सुरुङ उद्धार ड्रोन

Nepal Akhbar
जोखिमपूर्ण र अँध्यारा सुरुङभित्र खोजी तथा निरीक्षणका लागि ड्रोन प्रयोग हुने, उद्धार टोलीलाई जोखिम पहिचानमा सहयोग पुग्ने अपेक्षा

२० भदौ, काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।

स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन विशेषगरी मानवीय उद्धार, जोखिमपूर्ण संरचनाको निरीक्षण तथा कठिन भूगोलमा खोजी कार्यका लागि प्रयोग गर्न सकिने बताइएको छ।

स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी र निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको छ।

ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको छ। जसका कारण सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि ड्रोनमा ठूलो क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको जनाइएको छ।

सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई सम्भावित जोखिमको मूल्याङ्कन गर्न, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन गर्न तथा उद्धारको रणनीति तय गर्न यो प्रविधिले महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ प्रविधिको प्रयोगले उद्धारकर्तालाई सुरुङभित्र प्रत्यक्ष प्रवेश गराउनुअघि त्यहाँको सम्भावित जोखिम पहिचान गर्न मद्दत गर्नेछ। यसले कठिन तथा जोखिमपूर्ण परिस्थितिमा खोजी तथा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा दुर्घटना वा विपद् हुँदा उद्धार कार्य चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो अत्याधुनिक प्रविधि नेपालका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार