मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार राजनीति १२ असोज २०८३, सोमबार

राप्रपा नेता शाहीद्वारा सरकारमाथि राज्यसत्ताको दुरुपयोग गरेको आरोप

Nepal Akhbar
ज्ञानबहादुर शाहीले कानुनी प्रक्रिया मिचेर गरिएका गिरफ्तारीले सरकारको छवि धुमिल भएको दाबी गर्दै भ्रष्टाचारविरुद्ध वास्तविक कदम चालिए आफ्नो दलले सहयोग गर्ने बताए।

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत ‘इगो’ साट्न राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले विधि र प्रक्रिया मिचेर गरिएका गिरफ्तारीले सरकारको छवि धुमिल भएको टिप्पणी गरे।

उनले कसैलाई पक्राउ गर्न नहुने नभए पनि पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्ने बताए। प्रमाणबिना राति पक्राउ गर्ने र पछि छाड्ने कार्यले सरकारको नियतमाथि प्रश्न उठेको उनको भनाइ थियो।

शाहीले ९ अर्ब रुपैयाँ घोटालाको आरोप लागेका जिबी राई, वाइडबडी प्रकरण तथा ४जी र एनसेलसँग सम्बन्धित विवादमा आरोपितहरू खुला रूपमा हिँडिरहेको दाबी गर्दै सरकारले समान रूपमा कानुन कार्यान्वयन गर्नुपर्ने बताए।

उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंगसमेत उठाउँदै कानुनी राज्यको उपहास भएको जिकिर गरे।

शाहीले सरकार व्यक्तिगत प्रतिशोधका लागि शक्ति प्रयोग गर्नेतर्फ अघि बढेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले विगत र वर्तमान सरकारबीच फरक देखाउन नसकिने बताए।

सरकारलाई सुशासनको मार्गमा अघि बढ्न सुझाव दिँदै उनले भ्रष्टाचारविरुद्ध सरकारले वास्तविक कदम चाल्ने हो भने आफ्नो दलले त्यसमा साथ दिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार