सिन्धुपाल्चोक । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्।>
चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।>
बाढीपछि चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बिहीबार पहिलो दिन ११४ जना नेपाल आएका थिए। शुक्रबार दोस्रो दिन थप १५५ जना स्वदेश फर्किएका हुन्।>
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल फर्किएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक छन्। त्यस्तै, धादिङका एक जना र काठमाडौंका नौ जना रहेका छन्।>
चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।>
नेपाल आइपुगेका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरेपछि काठमाडौं लगिनेछ। पहिलो दिन फर्किएका नागरिकका लागि भोटेकोशी गाउँपालिकाले काठमाडौंसम्म पुग्ने यातायातको व्यवस्था गरेको थियो।>
दोस्रो दिन शुक्रबार स्वदेश फर्किएका नागरिकलाई काठमाडौंसम्म पुर्याउन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ।>
करिब ८ सय नेपाली चीनतर्फ फसेको अनुमान
रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए। बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।>
प्रशासनका अनुसार बाढीका कारण चीनतर्फ करिब ८ सय नेपाली फसेका छन्। उनीहरूलाई क्रमशः तातोपानी नाका हुँदै नेपाल ल्याउने काम भइरहेको छ।>
चिनियाँ पक्षको समन्वयमा उद्धार तथा स्वदेश फिर्तीको प्रक्रिया अघि बढिरहेको प्रशासनले जनाएको छ।>
>>