मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

खेलकुद ४ असोज २०८३, आइतबार

श्रीलंकामाथि इङ्गल्यान्डको ८ विकेटको जित, टी–२० शृंखला ३–० ले क्लीन स्विप

Nepal Akhbar
ओल्ड ट्राफोर्डमा ६२ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै इङ्गल्यान्ड टी–२० विश्व वरीयताको शीर्ष स्थानमा

लन्डन । श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८ विकेटको एकपक्षीय जित निकाल्दै घरेलु टोली इङ्गल्यान्डले तीन खेलको शृंखला ३–० ले ‘क्लीन स्विप’ गरेको छ।

ओल्ड ट्राफोर्डमा प्राप्त जितसँगै इङ्गल्यान्ड भारतलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।

जितका लागि पाएको १२५ रनको सामान्य लक्ष्य इङ्गल्यान्डले ९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। घरेलु मैदानमा बल बाँकी रहने हिसाबले इङ्गल्यान्डले टी–२० क्रिकेटमा हात पारेको यो अहिलेसम्मकै ठूलो जित हो।

६२ बल बाँकी छँदै लक्ष्य पूरा गर्ने क्रममा जोस बटलरले ३२ बलमा ६२ रनको अविजित अर्धशतकीय पारी खेले। कप्तान ह्यारी ब्रुकले २१ बलमा ३३ रन बनाए। दोस्रो विकेटका लागि बटलर र ब्रुकबीच ८५ रनको साझेदारी भएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका १८.५ ओभरमा १२४ रनमै समेटिएको थियो। श्रीलंकाका लागि पथुम निसान्काले ३६ र कमिन्दु मेन्डिसले ३५ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

श्रीलंकालाई सस्तैमा समेट्न इङ्गल्यान्डका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरे। सोनी बेकरले १७ रन दिएर २ विकेट लिए भने जोफ्रा आर्चर र विल ज्याक्सले समान २–२ विकेट हात पारे। जेमी ओभरटनले ४ ओभरमा १५ रन दिएर १ विकेट लिए।

लिआम डसनले इशान मलिङ्गालाई सिधा थ्रोमार्फत रनआउट गर्दै फिल्डिङमा पनि प्रभावशाली प्रदर्शन गरे।

सन् २०२४ को गर्मीयाममा ह्यारी ब्रुकले टोलीको कप्तानी सम्हालेयता इङ्गल्यान्डले खेलेका २६ टी–२० मध्ये २३ खेलमा जित हात पारेको छ।

अब दुवै टोलीबीचको तीन खेलको एकदिवसीय (ओडीआई) शृंखला मंगलबारदेखि डरहाममा सुरु हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार