मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

Nepal Akhbar
उच्चस्तरीय बैठक र द्विपक्षीय भेटवार्तामा सहभागी हुने परराष्ट्रमन्त्री खनाल; प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आइतबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी सेप्टेम्बर २० मा न्यूयोर्क जानेछन् ।

महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । साथै, उनले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको साधारण बहसलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री शाहले न्यूयोर्क बसाइका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बायञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित वरिष्ठ सरकारी अधिकारीहरू सहभागी हुने मन्त्रालयले जनाएको छ ।

उपशीर्षक: उच्चस्तरीय बैठक र द्विपक्षीय भेटवार्तामा सहभागी हुने परराष्ट्रमन्त्री खनाल; प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने

प्रतिक्रिया

सम्बन्धित समाचार