मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार स्वास्थ्य १५ असोज २०८३, बिहीबार

संघीय निजामती सेवा विधेयकमा महिनावारी बिदाको व्यवस्था

Nepal Akhbar
सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा महिला कर्मचारीका लागि महिनावारी–रजस्वला बिदासहित नौ प्रकारका बिदा प्रस्ताव गरेको छ।

काठमाडौं – सरकारले संसद्मा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक, २०८३’ मा महिला निजामती कर्मचारीका लागि महिनावारी–रजस्वला बिदाको व्यवस्था प्रस्ताव गरेको छ।

बिहीबार संसद्मा दर्ता गरिएको विधेयकमा निजामती कर्मचारीका लागि विभिन्न नौ प्रकारका बिदाको व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले हाल उपलब्ध बिदाका व्यवस्थामा थप गर्दै महिला कर्मचारीका लागि महिनावारी–रजस्वला बिदा पनि प्रस्ताव गरेको हो।

विधेयकमा निजामती कर्मचारीले भैपरी, घर, बिरामी, मातृत्व तथा प्रसूति, प्रसूति स्याहार, महिनावारी–रजस्वला, मृत्यु संस्कार, अध्ययन र असाधारण बिदा लिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, विधेयकमा असाधारण बिदासम्बन्धी व्यवस्था पनि समावेश गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार निजामती कर्मचारीको बिदा तथा सुविधासम्बन्धी प्रावधानलाई संघीय निजामती सेवा कानुनमार्फत व्यवस्थित गर्ने सरकारको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार