मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार खेलकुद १६ भाद्र २०८३, मङ्गलबार

काभा बिच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

Nepal Akhbar
थिम्पुमा हुने प्रतियोगितामा नेपालका दुई पुरुष र दुई महिला जोडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं – भुटानको थिम्पुमा आयोजना हुने काभा बिच भलिबल टुरमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियल टोलीलाई मंगलबार काठमाडौंमा बिदाइ गरिएको छ।

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

भदौ १९ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट दुई पुरुष र दुई महिला टोली सहभागी हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

पुरुषतर्फ महेन्द्र श्रेष्ठ–राजकुमार निरौला तथा झमन सिंह दर्जी–शरण कार्कीको जोडीले प्रतिस्पर्धा गर्नेछ।

यस्तै, महिलातर्फ कमला पुन–कोपिला राना तथा सुनिता राई–भावना डाँगीको जोडीले नेपालको प्रतिनिधित्व गर्नेछ।

पदक जित्ने लक्ष्य

बिदाइ कार्यक्रममा संघका अध्यक्ष चन्दले बिच भलिबलमा नेपालको इतिहास उत्साहजनक रहेको बताए।

उनका अनुसार विगतका काभा बिच भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले स्वर्ण पदक तथा पुरुष टोलीले रजत पदक जितिसकेको छ। यसपटक पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको उनले बताए।

चन्दले खेलाडीहरूको मेहनत, अनुभव र विगतको प्रदर्शनका आधारमा नेपालले प्रतियोगितामा राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

छुटेका खेलाडीलाई पुरस्कार दिन आग्रह

अध्यक्ष चन्दले गत वर्ष पदक जितेका केही खेलाडीले खेलकुद नियमावली, २०७९ अनुसार नगद पुरस्कार प्राप्त गरे पनि केही खेलाडी पुरस्कारबाट छुटेको जानकारी दिए।

पुरस्कारबाट छुटेका खेलाडीहरूको विस्तृत विवरणसहितको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाउने तयारी भइरहेको उनले बताए।

खेलकुद नियमावलीअनुसार छुटेका खेलाडीलाई उचित नगद पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गर्न उनले राखेप सदस्य–सचिव मेहतासमक्ष आग्रह गरे।

भुटान भलिबल संघले व्यवस्थापन गर्ने

नेपाली टोली काठमाडौं विमानस्थलबाट उडेर भुटानको पारो विमानस्थलमा अवतरण गरेपछि खेलाडी तथा अफिसियलको सम्पूर्ण हेरचाह र व्यवस्थापनको जिम्मेवारी भुटान भलिबल संघले लिने प्रतिबद्धता जनाएको अध्यक्ष चन्दले बताए।

प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बिच भलिबलमा नेपालको उपस्थिति थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार