काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रले कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।>
बुधबार बसेको बन्दसत्रले श्रेष्ठले प्रस्तुत गरेको पार्टीको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन छलफलपछि पारित गरेको हो।>
त्यसैगरी महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पनि बन्दसत्रबाट पारित भएको छ।>
महामन्त्री घिमिरेले पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणका विषय समेटेर सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।>
बन्दसत्रमा दुवै प्रतिवेदनमाथि छलफल भएपछि आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गरिएको हो।>
>>