मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार २७ भाद्र २०८३, शनिबार

साउदीको तेल पाइपलाइनमा ड्रोन आक्रमणको मुस्लिम वर्ल्ड लिग र जोर्डनद्वारा निन्दा

Nepal Akhbar
रियाद र मदिना क्षेत्रमा भएको आक्रमणलाई अन्तर्राष्ट्रिय तथा मानवीय कानुनविपरीत भन्दै साउदीको सुरक्षाका लागि चालिने कदममा समर्थन जनाइयो

२७ भदौ, काठमाडौं । साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट–वेस्ट तेल पाइपलाइनलाई लक्षित गरी भएको ड्रोन आक्रमणको मुस्लिम वर्ल्ड लिगले कडा निन्दा गरेको छ।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल–इसाले आक्रमणलाई आपराधिक र विश्वासघाती गतिविधिको संज्ञा दिएका छन्। उनले यस्तो घटनाले धार्मिक तथा मानवीय मूल्यमान्यतामाथि प्रहार गर्नुका साथै अन्तर्राष्ट्रिय तथा मानवीय कानुनको समेत उल्लङ्घन गर्ने बताएका छन्।

अल–इसाले मुस्लिम वर्ल्ड लिग तथा यससँग आबद्ध संस्थाहरूको तर्फबाट साउदी अरबप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्। साउदी अरबलाई आफ्नो सुरक्षा र सार्वभौमसत्ता जोगाउन आवश्यक कदम चाल्ने अधिकार रहेको भन्दै उनले आक्रमणकारीविरुद्ध कारबाही तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने प्रयासमा संगठनको समर्थन रहने बताएका छन्।

यसैबीच, जोर्डनले पनि साउदी अरबमाथि भएको ड्रोन आक्रमणको कडा विरोध गरेको छ। जोर्डनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घनका रूपमा व्याख्या गरिएको छ।

प्राप्त विवरणअनुसार साउदी अरबको तेल पाइपलाइनमा भएको ड्रोन आक्रमण इराकी भूमिबाट गरिएको दाबी गरिएको छ। घटनाबारे इराक सरकारले अनुसन्धान अघि बढाइरहेको जनाएको छ। साउदी अरबले भने इराकले अनुसन्धान तथा घटनाको छानबिनका लागि चालेको कदमप्रति समर्थन जनाएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार