मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार १५ भाद्र २०८३, सोमबार

लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा

Nepal Akhbar
लामो समयको सोचविचारपछि राष्ट्रिय टोलीबाट अलग हुने निर्णय; ‘अब मसँग दिनका लागि केही बाँकी छैन’

काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि गरेको सोचविचारपछि राष्ट्रिय टोलीबाट अलग हुने निर्णयमा पुगेको उनले भावुक सन्देशमार्फत बताएका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि आफूले आफ्नो क्षमताले भ्याएसम्म सबैथोक दिएको उल्लेख गरेका छन्। टोलीले पछिल्ला वर्षहरूमा महत्वपूर्ण उपाधि जित्नुअघि पनि आफूले राष्ट्रिय टोलीका लागि निरन्तर संघर्ष गरेको उनको भनाइ छ।

मेस्सीले राष्ट्रिय टोलीसँग बिताएका दुई दशकलाई स्मरण गर्दै अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताएका छन्। अर्जेन्टिनाको टोलीमा उत्कृष्ट युवा खेलाडीहरू आइरहेकाले उनीहरूका लागि बाटो खुला गर्नुपर्ने उनको धारणा छ।

उनले आफ्नो सन्देशमा राष्ट्रिय टोलीसँगको यात्रा अन्त्य गर्न लागेको पीडा व्यक्त गर्दै आफूले टोलीका लागि आफ्नो सम्पूर्ण क्षमता समर्पण गरेको बताएका छन्।

मेस्सीका अनुसार अब उनी अर्जेन्टिनालाई मैदानभित्रबाट नभई बाहिरबाट समर्थन गर्नेछन्। राष्ट्रिय टोलीसँग बिताएका २० वर्षका अनुभवलाई जीवनकै अविस्मरणीय क्षणका रूपमा आफूले सँगै लिएर जाने उनले बताएका छन्।

उनले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा टोलीका पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन्। अर्जेन्टिनाको जर्सी लगाएर सहकर्मीहरूसँग मिलेर समर्थकलाई अविस्मरणीय र सपनाजस्ता क्षण दिन पाएकोमा उनले खुसी व्यक्त गरेका छन्।

मेस्सीले भगवानको समेत स्मरण गर्दै आफू अर्जेन्टिनी हुन पाएकोमा गर्व रहेको बताएका छन्।

उनले यो पत्र जुलाई २१ मा, विश्वकप फाइनलको दुई दिनपछि नै लेखेको खुलासा गरेका छन्। तर पछिल्लो समय आफ्ना बुबासँग सम्बन्धित घटनापछि राष्ट्रिय टोलीबाट संन्यास लिने निर्णयमा आफू अझ दृढ बनेको उनले बताएका छन्।

यो मेस्सीको अर्जेन्टिना राष्ट्रिय टोलीबाट दोस्रो संन्यास घोषणा हो। यसअघि सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए। तर पछि आफ्नो निर्णय फिर्ता लिँदै राष्ट्रिय टोलीमा फर्किएका थिए।

मेस्सीको यसपटकको निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा उनको दुई दशक लामो अन्तर्राष्ट्रिय यात्राको अन्त्य हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार