मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार २३ भाद्र २०८३, मङ्गलबार

जापानमा नेपाली युवती हत्या प्रकरण : तीन नेपाली पक्राउ

Nepal Akhbar
फुकुओकामा लक्ष्मी राजवंशी मृत भेटिएको घटनामा तीन नेपालीमाथि हत्या अभियोग; प्रेमसम्बन्धी विवादलाई केन्द्रमा राखेर अनुसन्धान

टोकियो — जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा प्रहरीले तीन नेपालीलाई पक्राउ गरेको छ।

जापान प्रहरीका अनुसार पक्राउ पर्नेमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्दै आएकी २५ वर्षीया अमिस्ता तामाङ र सोही स्थानमा बस्ने २२ वर्षीय प्रबिन लामा रहेका छन्।

झापाको चन्द्रगढीकी २५ वर्षीया राजवंशी गत १९ अगस्टमा फुकुओका सहरको एक नदीमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनको टाउकोमा प्रहार गरिएको र घाँटीमा डोरीले कसेपछि नदीमा खसालिएको हुनसक्ने आशंका गरिएको छ। जापानी सञ्चारमाध्यमका अनुसार उनको बसोबास गर्ने कोठामा समेत संघर्ष भएको संकेत र रगतका दाग भेटिएका थिए।

पक्राउ परेका तीनै जनाले आरोप स्वीकार गरेका छन् वा अस्वीकार गरेका छन् भन्नेबारे प्रहरीले तत्काल सार्वजनिक गरेको छैन।

अनुसन्धानका क्रममा मृतक राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन लामा र पक्राउ परेकी सन्जु तामाङ एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको छ।

प्रहरीले घटनाको पृष्ठभूमिमा प्रेमसम्बन्धी विवाद हुनसक्ने आशंका गरेको छ। घटनाअघि मृतक र आरोपितहरूबीच के–कस्तो सम्बन्ध तथा विवाद थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

जापानी प्रहरीले घटनामा एकभन्दा बढी व्यक्ति संलग्न भएको सम्भावनालाई समेत ध्यानमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार