काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठक बोलाएका छन्।>
रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार उक्त बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ।>
बैठकमा देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ। साथै, बाढीपीडितलाई आवश्यक राहत उपलब्ध गराउने तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच सहकार्य गर्दै संयुक्त रूपमा अघि बढ्ने विषयमा समेत छलफल गरिनेछ।>
रास्वपाले प्राकृतिक विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन संयुक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ।>
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरिएको बताइएको छ।>
>>