मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

प्रधानमन्त्री शाहलाई मनिष झाको जवाफ: ‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’

Nepal Akhbar
प्रधानमन्त्री शाहलाई मनिष झाको जवाफ: ‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा कोही पनि एक्लो नभएको जवाफ दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एक्लो भएको संकेत गरेका थिए।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै नेता झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका हुन्।

झाले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’

उनले सरकारको नियत र आशयप्रति शंका नरहेको स्पष्ट पार्दै सुधार गर्नुपर्ने केही पक्ष भने रहेको बताएका छन्।

‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्’ उनले लेखेका छन्।

ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई निरन्तर सजग गराउने र आवश्यक विषयमा सचेत गराउने काम जारी राख्ने झाले बताएका छन्।

उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै आफू सरकारको साथमा रहेको समेत स्पष्ट पारेका छन्।

‘जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ झाले लेखेका छन्।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार