२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरिरहेका छन्।>
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन्।>
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।>
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ।>
त्यस्तै, लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने, निजी क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने तथा आर्थिक गतिविधिलाई गति दिने विषयमा समेत छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।>
>>