मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २७ भाद्र २०८३, शनिबार

भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति, ७ अर्ब २४ करोडको नोक्सानी

Nepal Akhbar
कृषि विकास बैंकको एक शाखामा मात्रै ६५ करोडको क्षति, नुवाकोट र रसुवाका बैंकिङ सेवा प्रभावित

२७ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा रहेका १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन्।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार बाढीबाट बैंक तथा वित्तीय क्षेत्रमा करिब ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति कृषि विकास बैंकको भएको छ। बैंकको एक शाखामा मात्रै करिब ६५ करोड रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ।

त्यस्तै, सिटिजन्स बैंकको एक शाखामा १ करोड ५६ लाख, ग्लोबल आइएमई बैंकको एक शाखामा ११ लाख, हिमालयन बैंकको एक शाखामा ७५ लाख र लक्ष्मी सनराइज बैंकको एक शाखामा १ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

माछापुच्छ्रे बैंकको एक शाखामा ७५ लाख, नबिल बैंकको एक शाखामा ६३ लाख, एनआईसी एसिया बैंकका तीन शाखामा ८८ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन शाखामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी एनएमबी बैंकको एक शाखामा ४ लाख, प्रभु बैंकका दुई शाखामा ५३ लाख र सानिमा बैंकको एक शाखामा ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय तहअनुसार क्षति

प्रतिवेदनअनुसार नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार शाखामा ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ शाखामा ४ करोड २३ लाख, कालिका गाउँपालिकामा एक शाखामा २८ लाख र उत्तरगया गाउँपालिकामा एक शाखामा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

बैंक तथा वित्तीय सेवासँग सम्बन्धित माथि उल्लिखित क्षतिबाहेक थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ।

यसअन्तर्गत नुवाकोटको विदुरमा ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा ९ करोड ५३ लाख, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।

भोटेकोशी बाढीका कारण बैंकका शाखा कार्यालय, वित्तीय सेवा तथा अन्य संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा समेत असर परेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार