मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार प्रदेश मधेश प्रदेश ९ भाद्र २०८३, मङ्गलबार

आर्थिक मन्दीको असर: मधेसमा एक वर्षमै १,९३८ उद्योग–व्यवसाय बन्द

Nepal Akhbar
गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार ६८ नयाँ उद्योग दर्ता हुँदा उद्योग र वाणिज्यतर्फ गरी एक हजार ९३८ व्यवसायको लगत कट्टा

जनकपुरधाम । आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीमा कमी, पुँजी अभाव तथा स्थानीय तहमा उद्योग दर्ता गर्ने क्रम बढ्नुलगायतका कारण मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ९३८ उद्योग तथा व्यवसाय बन्द भएका छन्।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार उक्त अवधिमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ एक हजार ११७ गरी कुल एक हजार ९३८ उद्योग तथा व्यवसायको लगत कट्टा गरिएको हो।

यद्यपि, सोही आर्थिक वर्षमा मधेस प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्। मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार नयाँ उद्योग दर्तामध्ये सबैभन्दा धेरै पर्सामा एक हजार १०१ वटा रहेका छन्।

त्यसैगरी धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन्।

गत आर्थिक वर्षमा मधेस प्रदेशभर सात हजार ५४० वटा उद्योगको नवीकरण गरिएको मन्त्रालयले जनाएको छ।

वाणिज्यतर्फ भने छ हजार १२२ वटा नयाँ प्राइभेट फर्म तथा १८ वटा साझेदारी फर्म दर्ता भएका छन्। सो अवधिमा वाणिज्यतर्फ ११ हजार १४४ वटा फर्मको नवीकरण गरिएको सूचना अधिकारी महतोले जानकारी दिए।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायत विभिन्न शीर्षकबाट प्रदेश सरकारले पाँच करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

सूचना अधिकारी महतोका अनुसार विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी तथा तरलताको प्रभाव, बैंक तथा वित्तीय संस्थाबाट अपेक्षाअनुसार ऋण प्रवाह नहुनु, व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजीको अभाव र स्थानीय तहबाट समेत उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्नुजस्ता कारणले प्रदेश सरकारअन्तर्गत दर्ता भएका उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको हो।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार