मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १ असोज २०८३, बिहीबार

राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारले स्वीकार गरेको मन्त्री गौतमको भनाइ

Nepal Akhbar
राज्य व्यवस्था समितिले गरेको संशोधन खुला छलफलपछि स्वीकार गरिएको कानुनमन्त्री गौतमको भनाइ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले गरेको संशोधन सरकारले स्वीकार गरेको बताएकी छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री गौतमले विधेयकमाथि समितिमा पर्याप्त छलफल गरेरै निष्कर्षमा पुगिएको बताइन्।

उनले उपसमितिले अघि सारेका विषयवस्तुमा खुला छलफल भएको र प्रधानमन्त्रीको तर्फबाट आफूलाई जिम्मेवारी दिइएकाले समितिले प्रस्ताव गरेका संशोधनहरू स्वीकार गरिएको जानकारी दिइन्।

“हामीले सबैले छलफल गरेरै टुङ्ग्याएको हो । उपसमितिले राखेका विषयवस्तु खुला छलफललाई प्रधानमन्त्रीज्यूका तर्फबाट मलाई तोकिएको कारणले स्वीकार पनि गरेका छौँ,” मन्त्री गौतमले भनिन्।

मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिले उत्कृष्ट ढङ्गबाट काम गरिरहेको भन्दै समितिप्रति आभारसमेत व्यक्त गरिन्।

उनका अनुसार समितिको काम अघि बढ्दै जाँदा दुई वटा विधेयकसहितको प्रतिवेदन सदनमा पेस गर्ने अवस्थामा पुगेको छ।

राष्ट्रिय सेवा दल विधेयकमाथि समितिमा भएको छलफल र संशोधनपछि अब प्रतिवेदन सदनमा पेस गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार