मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए

Nepal Akhbar
भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्दै नेपाल–भारत आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल गरेका छन्।

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्।

भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका वाग्लेले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए।

भेटवार्तामा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल भएको वाग्लेले बताएका छन्। यस्तै, रसुवामा गएको भोटेकोशी बाढीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिँदै पुनर्निर्माणका लागि थप सहयोगको प्रस्ताव गरिएको उनले जानकारी दिए।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले विभिन्न आर्थिक, व्यावसायिक तथा प्राज्ञिक कार्यक्रममा समेत सहभागी भएका थिए। उनले भारतीय उद्योग परिसङ्घको सम्मेलन तथा दिल्ली स्कुल अफ इकोनोमिक्समा आयोजित विकास अर्थनीतिसम्बन्धी छलफलमा प्रमुख वक्ता तथा अतिथिका रूपमा सहभागिता जनाएका थिए।

भ्रमणले नेपाल–भारतबीच आर्थिक सहकार्य तथा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा संवादलाई अघि बढाएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार