२५ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।>
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री साहले शपथ लिएका हुन्। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याललगायतको उपस्थिति थियो।>
निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साहलाई उक्त जिम्मेवारी दिइएको हो।>
साह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष थिए। फागुन २१ गतेको निर्वाचनअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा काम गर्दै आएका साहलाई पार्टीभित्र प्राविधिक पृष्ठभूमिका प्रभावशाली नेताका रूपमा हेरिँदै आएको बताइएको छ।>
प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेशकुमार सिंहसँग उनी निकट रहेको चर्चा हुने गरेको छ। बालेन्द्र शाहको सक्रियतामा साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबीसमेत गरिएको छ।>
फागुन २१ गतेको निर्वाचनमा साहले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका थिए।>
अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्दै साहले औद्योगिक विकास, व्यापार व्यवस्थापन, आपूर्ति प्रणाली तथा निजी क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा काम गर्नुपर्नेछ।>
>>