काभ्रे। जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा २ हजार ६०२ जनाको नाम हटाएको छ।>
कार्यालयका अनुसार दोहोरो नाम दर्ता भएका १ हजार १९८, मृत्यु भएका १ हजार ४०२ र नागरिकता परित्याग गरेका दुई जनाको नाम मतदाता नामावलीबाट हटाइएको हो।>
निर्वाचन आयोगले २०८४ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ। गत प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख २६ हजार ६११ मतदाता रहेका थिए।>
मतदाता नामावलीबाट नाम हटाइएकामध्ये सबैभन्दा बढी भुम्लु गाउँपालिकाका ४४७ जना छन्। त्यस्तै, पनौती नगरपालिकाका ४३८ र नमोबुद्ध नगरपालिकाका ३९० जनाको नाम हटाइएको छ।>
यसैगरी, बनेपा नगरपालिकाका ३२०, धुलिखेल नगरपालिकाका १७७, पाँचखाल नगरपालिकाका १३८, चौँरीदेउराली गाउँपालिकाका ११८, मण्डनदेउपुर नगरपालिकाका १०२, रोशी गाउँपालिकाका ९९, बेथानचोक गाउँपालिकाका ८८, तेमाल गाउँपालिकाका ८२ र खानीखोला गाउँपालिकाका ६८ जनाको नाम मतदाता नामावलीबाट कट्टा गरिएको कार्यालयले जनाएको छ।>
मतदाता नामावली अद्यावधिक गर्नुको उद्देश्य दोहोरो दर्ता तथा मृत्यु भएका व्यक्तिको नाम हटाई नामावलीलाई व्यवस्थित र अद्यावधिक बनाउनु हो।>
>>