मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

जापानमा टाइफुनपछि बाढी र पहिरो : नौ जनाको मृत्यु, चार बेपत्ता

Nepal Akhbar
टोकियो आसपासका क्षेत्रमा भारी वर्षापछि बाढी र पहिरो, ५०० भन्दा बढी भवन प्रभावित

टोकियो — जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन्।

सोमबार कान्तो क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो गएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै छ जनाको मृत्यु भएको छ।

मृतकमध्ये करिब ५० वर्षका एक पुरुष पहिरोबाट थुप्रिएको माटो र भग्नावशेष हटाउने क्रममा भारी मेसिन सञ्चालन गरिरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको बताइएको छ। त्यस्तै, बाढीमा डुबेको एउटा सवारीसाधनभित्र एक पुरुषको शव फेला परेको छ।

कानागावा प्रिफेक्चरमा तीन जनाको मृत्यु भएको छ। तीमध्ये करिब ६० वर्षकी एक महिला पहिरोका कारण घरभित्रै पुरिएर मृत्यु भएको जनाइएको छ।

बेपत्ता चार जनाको खोजी तथा उद्धारका लागि प्रहरी र अग्निनियन्त्रकहरूले अभियान जारी राखेका छन्।

टाइफुन डुजुआन सोमबार जापानको पूर्वी प्रशान्त तटीय क्षेत्रमा पुगेपछि कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएको थियो। भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जानुका साथै नदीमा बाढी आएपछि टोकियो आसपासका क्षेत्र प्रभावित भएका छन्।

चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा हालसम्म ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार चिबा र कानागावा प्रिफेक्चरका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार