मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १७ भाद्र २०८३, बुधवार

भोटेकोशी बाढीमा बेपत्तामध्ये १,११४ जनाको शव फेला, अझै ३,९१६ सम्पर्कविहीन

Nepal Akhbar
रसुवासहित आठ जिल्लामा बाढीको कहर, १,११४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट उक्त संख्यामा मृतकको शव फेला परेको हो ।

प्रहरीको विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । घटनामा २९२ जना घाइते भएका छन् ।

यसैबीच, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइए पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार