मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र १७ भाद्र २०८३, बुधवार

ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश दिने प्रस्ताव, ६% नगद र ४% बोनस

Nepal Akhbar
ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको ४७३औँ बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित कुल १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको बैंकले जनाएको छ । बोनस शेयरमा लाग्ने करसमेत समावेश गरिएको छ ।

बैंकका अनुसार प्रस्तावित लाभांश हाल कायम रहेको चुक्ता पुँजीको आधारमा वितरण गरिनेछ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश भने सम्बन्धित नियामक निकायको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार