काठमाडौं — साताको कारोबारको एक दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ।>
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७१ अंकले बढेर ४७३.७९ विन्दुमा पुगेको छ।>
त्यस्तै, फ्लोट परिसूचक ०.५३ अंकले बढेर १८२.९९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक ०.६८ अंकले बढेर १६० विन्दुमा पुगेको छ।>
आज विभिन्न कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर खरिद–बिक्री भएका छन्। कुल कारोबार रकम ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँ पुगेको छ।>
कारोबार भएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक बढेको छ भने ६ उपसमूहको सूचक घटेको छ।>
आज १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।>
>>