मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र शेयर २० असोज २०८३, मङ्गलबार

नेप्सेको सीईओका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते प्रस्तुतीकरण र अन्तर्वार्ता

Nepal Akhbar
नेप्सेको रिक्त सीईओ पदका लागि आठ आवेदनमध्ये चार जना छनोट, असोज २३ गते प्रस्तुतीकरण र अन्तर्वार्ता

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि चार जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक भएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले सोमबार सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो। समितिले उनीहरूको नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिकासमेत सार्वजनिक गरेको छ।

नेप्सेको रिक्त सीईओ पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न समितिले गत साउन १२ गते आवेदन आह्वान गरेको थियो। निर्धारित समयभित्र आठ जना उम्मेदवारले आवेदन दिएका थिए।

प्राप्त आवेदनमध्ये ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८३’ को दफा ६.२ बमोजिम चार जनालाई संक्षिप्त सूचीमा छनोट गरिएको समितिले जनाएको छ।

संक्षिप्त सूचीमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन्।

छनोट भएका उम्मेदवारहरूको दोस्रो चरणको मूल्याङ्कनअन्तर्गत नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २३ गते सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हुने समितिले जनाएको छ।

उक्त मूल्याङ्कनपछि योग्य उम्मेदवारलाई सीईओ पदमा नियुक्तिका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार