मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २३ भाद्र २०८३, मङ्गलबार

जेनजी आन्दोलनको एक वर्ष : ‘स्मृतिमात्रै होइन, संकल्पको दिन बनाऔँ’ — मन्त्री गौतम

Nepal Akhbar
राज्यसँग शक्ति र भीड नियन्त्रणका कम घातक विकल्प हुँदाहुँदै गोली चलाइएको भन्दै सोबिता गौतमले घटनाबाट राज्य सुधारको आधार बनाउनुपर्ने बताइन्।

काठमाडौं — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई केवल स्मरण गर्ने दिनका रूपमा नभई भविष्यमा त्यस्तो घटना दोहोरिन नदिने संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले एक वर्षअघि आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा पुनः त्यस्तो अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन्।

गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचार तथा कुशासनप्रति असन्तुष्टि जनाउँदै देशभर प्रदर्शन गरेको थियो। सोही क्रममा प्रहरीको गोली लागेर १९ जना युवाले एकै दिन ज्यान गुमाएका थिए। त्यसको भोलिपल्ट आन्दोलन थप उग्र बन्दै गएपछि देशको तत्कालीन राजनीतिक तथा राज्य संरचनामै ठूलो परिवर्तन आउने अवस्था सिर्जना भएको थियो।

गौतमले लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई असहमति राख्ने, प्रश्न गर्ने र विरोध प्रदर्शन गर्ने अधिकार रहेको उल्लेख गर्दै त्यही अधिकार प्रयोग गरेर युवाहरू सडकमा आएको बताएकी छन्।

उनका अनुसार आन्दोलनका क्रममा परिस्थिति केही हदसम्म नियन्त्रणबाहिर गए पनि त्यसपछि भएको घटनालाई सामान्य ‘भीड नियन्त्रण’को घटनाका रूपमा मात्रै बुझ्न नहुने अवस्था छ।

“राज्यसँग शक्ति थियो, सुरक्षा संयन्त्र थियो, तयारी गर्ने अवसर थियो र भीड नियन्त्रणका कम घातक विकल्पहरू पनि थिए। तर सडकमा गोली चल्यो। टाउको र शरीरमा गोली लाग्यो। हाम्रा कलिला भाइबहिनीहरू ढले। राज्यकै गोलीबाट ढले,” गौतमले भनेकी छन्।

उनले राज्यले बन्दुक बोक्ने अधिकार जनताबाट प्राप्त गरेको भन्दै त्यसको उद्देश्य नागरिकको जीवन रक्षा र सुरक्षा हुनुपर्ने धारणा राखेकी छन्। राज्यसँग जति धेरै शक्ति हुन्छ, त्यति नै संयम र जवाफदेहिता आवश्यक हुने उनको भनाइ छ।

गौतमले भीड नियन्त्रणको उद्देश्य नागरिकको जीवन समाप्त गर्नु नभएको बताउँदै त्यस दिनको घटनाले राज्यप्रतिको जनविश्वासमा समेत गम्भीर असर परेको उल्लेख गरेकी छन्।

“आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो। हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्,” उनले लेखेकी छन्।

उनले आन्दोलनका क्रममा सडकमा पोखिएको रगतलाई बिर्सन नहुने बताउँदै त्यसबाट राज्य सुधारको आधार तयार हुनुपर्नेमा जोड दिएकी छन्। साथै, जेनजी आन्दोलनमा भएको बलिदानले भविष्यका हरेक सरकारलाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाइरहने चेतावनीका रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।

मन्त्री गौतमले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार