मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २५ असोज २०८३, आइतबार

जिबुटी तटमा डुङ्गा दुर्घटना : १५ बालबालिकासहित १०९ आप्रवासीको मृत्यु

Nepal Akhbar
यमनतर्फ जाँदै गरेको डुङ्गामा करिब ३५० जना सवार, ११६ जना बेपत्ता; ८० भन्दा बढीको उद्धार

काठमाडौं । जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ११६ जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो।

आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरातमा करिब ३५० जना बोकेर जिबुटीबाट यमनतर्फ गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो।

जिबुटीस्थित आईओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनका अनुसार उद्धार तथा आपत्कालीन सहायता प्रदान गर्न आईओएमका टोली जिबुटीका अधिकारीहरूसँग सहकार्य गर्दै घटनास्थलमा खटिएका छन्।

आईओएमका अनुसार मृत्यु हुनेमध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन्। मृत बालबालिकामा नौ बालिका र छ बालक रहेका छन्। दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन्। उद्धार गरिएकाहरू सबै इथियोपियाली नागरिक रहेको आईओएमले जनाएको छ।

खाडी मुलुक पुग्ने जोखिमपूर्ण यात्रा

आईओएमले यस दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलमार्ग पार गर्दै यमन हुँदै खाडी मुलुक पुग्ने प्रयास गर्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको जनाएको छ।

गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण धेरै मानिस जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेको आईओएमको भनाइ छ।

‘मध्यपूर्वमा बढ्दो अस्थिरताका बाबजुद गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावले धेरै मानिसलाई यो जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ,’ आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ।

जिबुटी र यमनबीचको समुद्री मार्ग अफ्रिकाबाट खाडी क्षेत्रतर्फ जान खोज्ने आप्रवासीले प्रयोग गर्ने प्रमुख मार्गमध्ये एक हो। जोखिमपूर्ण समुद्री यात्रा, डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखिने अवस्था र उद्धारमा हुने कठिनाइका कारण यस मार्गमा बारम्बार दुर्घटना हुने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार