मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १७ भाद्र २०८३, बुधवार

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार पौडेलका परिवारका पाँच सदस्यको अन्तिम संस्कार गरिँदै

Nepal Akhbar
एक सातासम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्यको एक सातासम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको छ।

बाढीपछि पौडेलका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी सम्पर्कविहीन भएका थिए। विभिन्न स्थानमा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बुधबारदेखि अन्तिम संस्कारको प्रक्रिया अघि बढाएको हो।

पत्रकार पौडेलले सामाजिक सञ्जालमार्फत परिवारका सदस्यहरूको खोजी गर्दा पनि नभेटिएपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको जानकारी दिएका छन्।

पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी र बहिनीको खोजी गर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ।”

पौडेलका परिवारको अन्तिम संस्कार काठमाडौंको तारकेश्वर नगरपालिका–लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा गरिएको हो।

नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पौडेलको परिवार भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको थियो। यसअघि पौडेलले आफ्ना परिवारका सदस्यको खोजी तथा उद्धारका लागि सहयोग गरिदिन सबैसँग सार्वजनिक रूपमा आग्रह गरेका थिए।

उनले त्यसबेला भनेका थिए, “बुवा, ममी, अंकल, अन्टी र बहिनीको खोजी गरिदिनुहुन सबैसँग आग्रह गर्दछु।”

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका नदी तथा तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीपछि सुरक्षा निकाय तथा विभिन्न उद्धार टोलीले बेपत्ताको खोजी जारी राखे पनि सबै बेपत्ताको अवस्था अझै यकिन हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार