मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र २६ असोज २०८३, सोमबार

तनहुँको याम्पाफाँटका १५ दुग्ध किसान पुरस्कृत, पुष्पराज पौडेल पहिलो

Nepal Akhbar
याम्पाफाँट दुग्ध उत्पादक सहकारीद्वारा दूध बिक्रीका आधारमा १५ किसान सम्मानित; पुष्पराज पौडेलले ८९ हजार १२८ लिटर दूध बिक्री गर्दै हासिल गरे पहिलो स्थान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना दुग्ध किसान दूध बिक्रीका आधारमा पुरस्कृत भएका छन्। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

सहकारीका अध्यक्ष काशीनाथ भट्टराईका अनुसार नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेलले ८९ हजार १२८ लिटर दूध बिक्री गर्दै पहिलो स्थान हासिल गरेका छन्। त्यस्तै, ५१ हजार ८१२ लिटर दूध बिक्री गरेका व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो र ४४ हजार ४४४ लिटर दूध बिक्री गरेका सुरज घिमिरे तेस्रो भएका छन्।

पुरस्कृत हुने अन्य किसानमा छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ, ओमप्रसाद लामिछाने सातौँ, इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराई दसौँ स्थानमा रहेका छन्।

त्यसैगरी मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्रौँ, इन्दिरा घिमिरे चौधौँ र ओमप्रकाश गुरुङ पन्ध्रौँ भएका छन्। गुरुङले १८ हजार १८४ लिटर दूध बिक्री गरेका थिए।

सहकारीका अध्यक्ष भट्टराईका अनुसार पुरस्कृत किसानलाई तीन हजारदेखि ११ हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको छ।

याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरी १७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो। पशुपालनको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित याम्पाफाँटका किसान लामो समयदेखि व्यावसायिक पशुपालनमा संलग्न छन्।

दुग्ध उत्पादनलाई आम्दानीको प्रमुख माध्यम बनाउँदै आएका यहाँका किसानले स्थानीय अर्थतन्त्र र कृषि उद्यमको विकासमा योगदान पुर्‍याउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार