मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २ असोज २०८३, शुक्रबार

नेपाल–चीन सम्बन्ध हजारौँ वर्ष पुरानो : राष्ट्रियसभा अध्यक्ष दाहाल

Nepal Akhbar
ह्वेन साङको पुस्तकको नेपाली संस्करण लोकार्पण गर्दै दाहालले जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङद्वारा लिखित पुस्तक ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा हजारौँ वर्षअघिदेखि नै कायम रहेको बताए।

उनका अनुसार दुई देशबीचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा व्यापारिक सम्पर्कमा आधारित रहँदै आएको छ। सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए।

अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाले ग्लोबल साउथलाई आपसमा जोड्ने प्रयास गरेको पनि उल्लेख गरे।

लोकार्पण गरिएको पुस्तकले नेपाली पाठक तथा युवा पुस्तालाई नेपाल–चीन सम्बन्ध, ताङ वंशको इतिहास र बौद्ध धर्मबारे बुझ्न सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे। पुस्तकले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार