काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा आगामी असोज २२ गते बस्ने भएको छ। सभा नबस्दा विश्वविद्यालयको नीति तथा कार्यक्रम, बजेट तथा विद्यार्थीको ग्रेसलिस्ट पारित हुन सकेको थिएन।>
त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार असोज २२ गते बस्ने सभाले बजेट र ग्रेसलिस्ट पारित गर्नेछ।>
‘२२ गतेको सभाले बजेट र ग्रेसलिस्ट पास गर्छ,’ प्रवक्ता भण्डारीले भने।>
त्रिविको बजेट गत असारमै पारित हुनुपर्ने थियो। तर विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भएको ढिलाइका कारण सभा बस्न नसक्दा बजेट पारित गर्ने प्रक्रिया रोकिएको थियो।>
>>