मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २५ भाद्र २०८३, बिहीबार

करेन्ट लागेर घाइते प्राधिकरणका कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

Nepal Akhbar
उपचार खर्च ९ लाख ७८ हजारसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कार्यक्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित करिब २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले घाइते कर्मचारीलाई उपचार खर्च र नियमानुसारको क्षतिपूर्तिसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, आम्बोटेमा १५ केभी प्रसारणलाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा खोटाङका २५ वर्षीय सन्देश मगर (शेरबहादुर मगर) लाई ११ चैत २०८२ मा करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका मगरलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। उनको उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। अब बाँकी रहेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत उनलाई उपलब्ध गराउन बैठकले स्वीकृति दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार