मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार राष्ट्रिय समाचार ९ भाद्र २०८३, मङ्गलबार

दिउँसो १ बजेका लागि तय बैठक रोकियो, अब बुधबार दिउँसो १ बजे बस्ने

Nepal Akhbar
सभामुखको सासुआमाको निधनपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने तय भएको बैठक स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख डोलप्रसाद अर्यालले बिहानै स्थगित गरेका हुन्।

संघीय संसद् सचिवालयका अनुसार सभामुख अर्यालकी सासुआमाको निधन भएपछि उनी शोकमा परेकाले प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो।

प्रतिनिधिसभा नियमावलीअनुसार संसद् बैठक सञ्चालन तथा समापनमा सभामुखको प्रमुख भूमिका रहने व्यवस्था छ। सभामुख शोकमा रहेकाले आजको बैठक सञ्चालन हुन नसकेको सचिवालयले जनाएको छ।

अब प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। साथै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी थियो।

त्यस्तै, कानुनमन्त्री गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता सदनमा पेस गर्ने कार्यसूची थियो।

यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।

तर सभामुख अर्याल शोकमा परेपछि आजका लागि तय गरिएका सम्पूर्ण कार्यसूची प्रभावित भएका छन्। अब ती विषयहरू आगामी प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार