काठमाडौं । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।>
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनता कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अमेरिकाले सहयोग जारी राख्दै जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउन लागेको जनाएको हो।>
विज्ञप्तिअनुसार अमेरिकी सहयोगबाट बाढीबाट प्रभावित १० हजार जनालाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइनेछ।>
बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले उपलब्ध गराइने उक्त सहयोग खाद्य सुरक्षासहित आवश्यक मानवीय सहायता प्रदान गर्न केन्द्रित हुने बताइएको छ।>
अमेरिकी सरकारले नेपालमा आएको विपद्का कारण प्रभावित बनेका नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन थप सहायता घोषणा गरेको हो।>
>>