मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार राष्ट्रिय समाचार ११ भाद्र २०८३, बिहीबार

रसुवा बाढीका शवले भरियो भरतपुर अस्पतालको शवगृह, ५ सय शव राख्न मिल्ने पहिचान केन्द्र तयार हुँदै

Nepal Akhbar
रसुवा बाढीमा मृत्यु भएकाका शव व्यवस्थापनमा समस्या, चितवनमा ५ सय शव राख्न सकिने केन्द्र बन्दै

चितवन । रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको शव चितवनमा ल्याउने क्रम बढेसँगै भरतपुर अस्पतालमा शव राख्ने ठाउँको अभाव भएको छ। अस्पतालको शवगृहमा क्षमता भन्दा बढी शव पुगेपछि केही शवलाई त्रिपाल टाँगेर बाहिर राखिएको छ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको छ। अस्पतालको शवगृहमा अधिकतम १२ वटा शव राख्न सकिने क्षमता रहेकाले थप शव व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताए।

‘हामीसँग ६ वटा फ्रिजर छन्। एउटामा दुई–दुई वटा शव राख्दा १२ वटा राख्न मिल्छ,’ पौडेलले भने, ‘पहिल्यैदेखि केही बेवारिसे शव पनि छन्। अहिलेको जस्तो ठूलो मानवीय क्षतिमा हाम्रो क्षमता पर्याप्त भएन।’

गर्मीको समयमा शव लामो समय खुला वा घाममा राख्दा बिग्रिने तथा दुर्गन्ध फैलिने जोखिम रहेकाले शवगृहमा अट्न नसकेका शवलाई एसीसहितको सुरक्षित कोठामा राख्ने तयारी भइरहेको पौडेलले जानकारी दिए। आफन्त वा परिवारले प्रहरीमार्फत शवको सनाखत गरेपछि कानुनी प्रक्रिया पूरा गरी अस्पतालले पोस्टमार्टम गरेर शव जिम्मा लगाउनेछ।

यसैबीच, भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क तथा परामर्श केन्द्र’ अर्थात् शव पहिचान केन्द्र स्थापना गर्ने काम तीव्र पारिएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार केन्द्रमा एकैपटक करिब ५ सय शव राख्न सकिने व्यवस्था मिलाइँदैछ।

चितवन क्षेत्रमा मात्रै हालसम्म १०८ वटा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने तथा बडी ब्यागमा सुरक्षित राख्ने प्रक्रिया भइरहेको छ।

त्यसपछि शवलाई माइनस डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने विशेष कुलिङ हलमा सुरक्षित राखिने एसपी पौडेलले बताए। आफन्त तथा परिवारका सदस्यले पहिचान केन्द्रमा राखिएका शवको फोटो नेपाल प्रहरीको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइँदैछ।

बेपत्ताको खोजी तथा शव पहिचानका लागि परिवारले सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्ने प्रहरीले जनाएको छ। शव पहिचान भएपछि ट्याग नम्बरका आधारमा शव गृहबाट निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ।

पीडित परिवारलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले निःशुल्क होटल तथा २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। होटल व्यवसायी संघ चितवन तथा सौराहाको समन्वयमा पीडित परिवारका लागि निःशुल्क बसोबासको व्यवस्था गरिएको जनाइएको छ।

कुनै समस्या वा आपतकालीन सहयोग आवश्यक परेमा प्रहरीको १०० नम्बरमा फोन गर्न सकिने एसपी पौडेलले बताए। शवको सनाखतपछि परिवारलाई घरसम्म लैजानका लागि करिब २२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार