मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १५ असोज २०८३, बिहीबार

धनुषामा टिपर पल्टिँदा क्रसर सञ्चालकका छोराको मृत्यु

Nepal Akhbar
धनुषाको मिथिला–३ स्थित बालुवा प्रशोधन उद्योगमा बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा ३६ वर्षीय हरि महतो पुरिएका थिए।

काठमाडौं – धनुषामा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा पुरिएका एक क्रसर उद्योग सञ्चालकका छोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा मिथिला नगरपालिका–३, लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे उद्योग परिसरमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा अचानक पल्टिएको थियो।

टिपर पल्टिएपछि उद्योग परिसरमै रहेको जेसीबीको सहयोगमा महतोलाई तत्काल उद्धार गरिएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा लगिएको थियो। तर उपचारकै क्रममा बिहान १०ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका करिब ३० वर्षीय हरि ब.बि.क. पनि घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डिएसपी खनालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार