मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार १४ भाद्र २०८३, आइतबार

भारतीय सुरुङ उद्धार टोलीद्वारा रसुवामा नेपाली सेनासँग संयुक्त खोज तथा उद्धार

Nepal Akhbar
चिलिमे र लाङटाङका जलविद्युत् सुरुङमा उद्धार अभियान, ११ टन राहत सामग्री र फरेन्सिक विज्ञको टोली पनि नेपाल आइपुग्यो

काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भारतबाट आएको सुरुङ उद्धार विशेषज्ञ टोलीले नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङस्थलमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ।

भारतीय दूतावासका अनुसार भारतीय टोलीले नेपाली सेनासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई अघि बढाउनेछ। सुरुङभित्र फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजीमा आवश्यक प्राविधिक उपकरण र विशेषज्ञ जनशक्ति प्रयोग भइरहेको जनाइएको छ।

भारतीय सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुगेको थियो। टोलीले नेपाल आएलगत्तै नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार अभियानमा सहयोग थालेको हो।

यसैबीच, भारतबाट थप ११ टन राहत सामग्री बोकेको चौथो उडान आइतबार काठमाडौं आइपुगेको छ। उक्त राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइसम्बन्धी किटलगायत सामग्री रहेका छन्।

उद्धार अभियानलाई आवश्यक पर्ने सुरुङ खोज तथा उद्धार उपकरणसहित थप प्राविधिक जनशक्ति पनि सोही उडानमार्फत नेपाल आएको जनाइएको छ।

यसका साथै रसुवा बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचान तथा डीएनए नमुना विश्लेषणका लागि भारतबाट फरेन्सिक विज्ञहरूको टोलीसमेत नेपाल आइपुगेको छ। टोलीले आवश्यक फरेन्सिक उपकरण पनि साथमा ल्याएको छ।

भारतीय फरेन्सिक विज्ञहरूले नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नेपाली विज्ञहरूसँग भेट गरी डीएनए नमुना विश्लेषण तथा मृतकको पहिचानसम्बन्धी काममा सहकार्य थालेका छन्।

रसुवामा बाढीपछि हराइरहेका तथा ज्यान गुमाएका व्यक्तिको खोज, उद्धार र पहिचानका लागि नेपाल र भारतका सम्बन्धित टोलीबीचको सहकार्यले उद्धार तथा पहिचान प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार