मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १५ भाद्र २०८३, सोमबार

बाढीमा बेपत्ता आफन्तको डीएनए परीक्षण गर्न प्रहरीले माग्यो नमुना

Nepal Akhbar
रगतको नाता पर्ने आफन्तको नमुना लिएर नेपाल प्रहरी अस्पतालको ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह

काठमाडौं । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारलाई नेपाल प्रहरीले डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

हाल फेला परेका शव तथा शरीरका अंग आफ्ना बेपत्ता आफन्तका हुन् वा होइनन् भन्ने यकिन गर्न डीएनए परीक्षण गर्न चाहने परिवारले तोकिएको स्थानमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

डीएनए परीक्षणका लागि रगतको नाता पर्ने आफन्तको रगतको नमुना लिएर महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

रगतको नमुना संकलन गरिने व्यक्तिको पासपोर्ट साइजको दुई प्रति फोटो समेत आवश्यक पर्ने प्रहरीले जानकारी दिएको छ।

विदेशमा रहेका आफन्तले पनि डीएनए प्रोफाइलिङ गर्न सक्ने

बेपत्ता व्यक्तिका नजिकका आफन्त विदेशमा रहेको अवस्थामा उनीहरूले पनि डीएनए परीक्षण प्रक्रियामा सहभागी हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विदेशमा रहेका आफन्तले बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको डीएनए प्रोफाइलिङ सम्बन्धित देशमै गराएर नेपाल पठाउन सक्नेछन्।

विदेशमा गरिएको डीएनए प्रोफाइलिङको सफ्टकपी नेपाल प्रहरीको इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन प्रहरीले अनुरोध गरेको छ।

शव पहिचानमा डीएनए परीक्षणको प्रयोग

बाढी तथा पहिरोपछि विभिन्न स्थानबाट फेला परेका शव तथा शरीरका अंगको पहिचान गर्न डीएनए परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्न लागिएको हो।

परिवारका सदस्यबाट संकलन गरिएको डीएनए नमुनासँग फेला परेका शव तथा शरीरका अंगको नमुना परीक्षण गरी पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।

बाढीमा परी ९०० भन्दा बढीको मृत्यु भएको र ४ हजारभन्दा बढी व्यक्ति अझै हराइरहेको अवस्थामा बेपत्ता व्यक्तिको पहिचान तथा खोजीमा डीएनए परीक्षणले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रहरीले बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तोकिएका स्थानमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार