काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप संकलन गर्ने भएको छ।>
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप संकलन उपकरणमार्फत रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो।>
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रियामा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।>
बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। आवेदन रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम अर्थात् ६० अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ।>
निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ।>
>
>>