मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २९ भाद्र २०८३, सोमबार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३९२ पुग्यो, ४ हजार ८९ अझै सम्पर्कविहीन

Nepal Akhbar
प्रहरीका अनुसार १०३ शव आफन्तलाई हस्तान्तरण, बेपत्ताको पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ भने चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा आंशिक अङ्गसहितका शव छन्। तीमध्ये हालसम्म १०३ शव आफन्तलाई बुझाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये छ हजार ४०७ पुरुष, दुई हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन्।

उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीबाट ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार तथा शवको पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार