काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला उद्घाटन समारोहमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा दिन थालिएको छ।>
कांग्रेस नेता उदयशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेट गरी महाधिवेशन उद्घाटन समारोहमा आतिथ्य ग्रहण गर्न औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्।>
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १६ गते काठमाडौंस्थित खुलामञ्चमा आयोजना हुँदैछ।>
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्ता, पार्टीका शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ।>
महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले संगठनात्मक तयारी तथा विभिन्न व्यवस्थापनका कामलाई तीव्रता दिएको छ।>