मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १९ भाद्र २०८३, शुक्रबार

आलोचनाको जवाफ दिँदै गृहमन्त्री गुरुङ : ‘म कहाँ बसेको छु होइन, परिणाम हेर्नुहोस्’

Nepal Akhbar
‘कुर्सीमा बसेर कागजात समात्ने पुरानो शैलीको नेतृत्व खोज्नु जेनेरेसन ग्याप हो’ भन्दै गुरुङले डिजिटल माध्यमबाट विपद् प्रतिकार्य कमान्ड सञ्चालन भइरहेको बताए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राज्य सञ्चालनका क्रममा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले पुरानो शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने नेतृत्व खोज्नेहरू ‘गलत युग’ मा रहेको टिप्पणी गरेका छन्।

उनले डिजिटल माध्यमको प्रयोग गर्दै विपद् प्रतिकार्य तथा राज्य सञ्चालनका कामलाई थप प्रभावकारी बनाइरहेको दाबी गरेका छन्।

गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको छ। अनलाइनमार्फत प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू भइरहेको उनले बताएका छन्।

‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप),’ उनले लेखेका छन्।

उनले फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्रै नेतृत्व गर्दा त्यसको परिणाम देशले लामो समयदेखि भोग्दै आएको पनि बताएका छन्।

‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ गुरुङले भनेका छन्।

गृहमन्त्रीले डिजिटल माध्यमबाट प्रशासनिक तथा उद्धारसम्बन्धी काम टेबल पछाडि बसेर गरिने परम्परागत शैलीभन्दा छिटो र प्रभावकारी रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।

आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाप्रति लक्षित गर्दै उनले आफू कहाँ बसेको छु भन्ने विषयभन्दा उद्धार तथा विपद् व्यवस्थापनबाट प्राप्त परिणामलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन्।

रसुवाको भोटेकोशी बाढीपछि भइरहेको उद्धार तथा राहत कार्यमा गृहमन्त्रीको कार्यशैली र प्रत्यक्ष उपस्थितिलाई लिएर राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा प्रश्न उठिरहेका बेला गुरुङको यस्तो स्पष्टीकरण आएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार