काठमाडौं — आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ मा कारोबार भएको थियो।>
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ४ हजार ७ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।>
>>