मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २७ भाद्र २०८३, शनिबार

विपद् व्यवस्थापनमा सरकार चुकेको कुलमान घिसिङको आरोप

Nepal Akhbar
सुरुवाती चरणमै प्रभावकारी पूर्वतयारी र उद्धार व्यवस्थापन गर्न सकेको भए धेरै मानवीय क्षति रोक्न सकिने दा

२७ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्को सुरुवाती चरणमै सरकारले आवश्यक पूर्वतयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको टिप्पणी गरेका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले विपद् आउनुअघि गर्नुपर्ने तयारी तथा विपद्को प्रारम्भिक चरणमा चाल्नुपर्ने प्रभावकारी कदममा सरकार चुकेको बताएका हुन्। समयमै उचित व्यवस्थापन र उद्धारका प्रयास अघि बढाउन सके धेरै मानवीय क्षति रोक्न सकिने उनको भनाइ छ।

उनले देशमा आएको ठूलो प्राकृतिक विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

घिसिङले जेन–जी आन्दोलनपछि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै युवामा निराशा बढिरहेको बताए। उनका अनुसार पछिल्लो समय युवाहरू विदेशिने क्रमसमेत बढेको छ।

कृषि क्षेत्रतर्फ संकेत गर्दै उनले साना कृषकलाई प्राथमिकतामा नराखी ठूला लगानीकर्तालाई बढी लाभ पुग्ने किसिमका नीति निर्माण भइरहेको आरोप लगाए।

यसैबीच, घिसिङले उज्यालो नेपाल पार्टी कुनै अन्य राजनीतिक दलमा विलय नहुने स्पष्ट पारे। पार्टी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाइ छ।

आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट बृहत् भेला आयोजना गर्नुका साथै गाउँ–गाउँमा संगठन विस्तार र सदस्यता अभियान सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार